नेपाल एफएटीएफ ‘ग्रे’ लिष्टमा पर्ने पक्का, फेब्रुअरीमा निर्णय हुने
काठमाडौं । नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे’ लिष्टमा पर्ने लगभग पक्का भएको छ । एफएटीएफले नेपाललाई फ्रेब्रुअरीमा ‘ग्रे’ लिष्टमा सुचिकृत गर्ने भएको हो । केहि समयअघि नेपालका विभिन्न निकायहरुका प्रतिनिधि दोस्रो चरणको डिफेन्सका लागि फिलिपिन्स गएका थिए । डिफेन्समा सहभागी एक सदस्यले सिंहदरबारसँग भने,“हामी फिलिपिन्समा डिफेन्सका लागि गयौं, तर हाम्रो प्रयासले सार्थकता पाउन सकेन, फेब्रुअरीमा हुने एफएटीएफको बैठकले नेपाललाई ‘ग्रे’ लिष्टमा पार्ने लगभग पक्का भएको छ ।” नेपालले २०६४ माघ १४ गते सम्पति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ जारी गरेको थियो । ऐन जारी गरेतापनि कार्यान्वयनमा निकै कमजोर देखिएपछि नेपाल ‘ग्रे’ लिष्टमा पर्ने सम्भावना बढेको हो । सोमबार (माघ १४ गते) ‘सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस २०८१’ मा बोल्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल ‘ग्रे’ लिष्टमा पर्ने स्पष्ट संकेत गरेका छन् । कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले फिलिपिन्समा भएको डिफेन्समा नेपालका प्रतिधिनिहरुले सफलता हात पार्न नसकेको बताएका छन् । मन्त्री पौडेलले भनेका छन्, ‘सम्पत्ति शुद्धीकरणको विषयमा हाम्रो सामू एउटा सत्य उत्घाटित भएकै छ, हामीले जति गर्नुपर्ने हो, जति गर्न सक्नु पर्ने थियो, त्यो गर्न सकेन । नेपालले विश्वसामु उच्च मनोवलका साथ प्रस्तुत हुन सक्थ्यो । पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुविधामुक्त रुपमा अगाडि … नेपाल एफएटीएफ ‘ग्रे’ लिष्टमा पर्ने पक्का, फेब्रुअरीमा निर्णय हुने पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्