Skip to content
Shikhar Insurance
National Life

११ महिनामा भित्रियो ३१.५४ अर्बको इभी गाडी, सरकारलाई राजस्व १९.५७ अर्ब मात्रै

Hyundai
NCELL
NIMB

काठमाडौं । चालु वर्षको ११ महिनामा विद्युतीय गाडी आयातमा उल्लेखनिय वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा १३ हजार ४ सय ८३ वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) नेपाल आयात भएको हो ।

जुन अघिल्लो आव २०८०/०८१ को ११ महिनाको तुलनामा १७.५९ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा यस्तो आयात ११ हजार ४ सय ६६ वटा भएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको जेठ महिनामासम्ममा ५० किलोवाटसम्मका इभी गाडी ४ हजार ७ सय २८ वटा भित्रिएका छन् । त्यस्तै, ११ महिनामा ५१ किलोवाटदेखि १०० किलोवाट सम्मका इभी ७ हजार ३ सय ५८ वटा नेपाल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै, १०१ किलोवाटदेखि २०० किलोवाट सम्मका इभी १ हजार ३ सय ५४ वटा नेपाल भित्रिएका छन् भने २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका मोटर पिक पावर ४१ वटा र ३०० किलोवाटभन्दा माथिका मोटर पिक पावर २ वटा इभी नेपाल भित्रिएका छन् ।

यी इभी गाडीहरु खरिद गर्नका लागि नेपाली व्यवसायीहरुले जेठ महिनासम्ममा ३१ अर्ब ५४ करोड ५१ लाख १० हजार रुपैयाँ विभिन्न देशमा खर्चेका छन् भने ती इभी गाडी आयातमार्फत नेपाल सरकारले ११ महिनामा १९ अर्ब ५७ करोड २० लाख २८ हजार रुपैयाँ राजस्व उठाएको छ ।

गाडी आयातमा विदेशिने पैसाको भोलुम बढ्दै गएपनि राज्यले प्राप्त गर्ने राजस्व भने कम हुँदै गएको छ । सरकारले इभी गाडीमा अधिक छुटको घोषणा गरिरहेको छ । तर व्यवसायीहरुले भने इभी गाडीको पीक पावर (किलोवाट) कम देखाई राजस्व छलि गरिरहेको छ ।

इभी गाडीले राजस्व छलि गरेको भन्दै महालेखा परिक्षकको कार्यालयले रसुवा भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयबाट मात्रै ३ अर्ब ७२ करोड मूल्य बराबरको राजस्व छलि भएको भन्दै बेरुजू लेखेको छ । महालेखाले बेरुजू लेेखेपनि भन्सार विभागले राजस्व असुल गर्न चासो नदेखाएको भन्दै अख्तियर दुरुपयोग अनुसन्धान आयोगमा  C-075429/2082-02-03 नम्बरमा उजुरी परेको छ । उजुरी परेपछि आयोगमा छानविन गरी प्रतिवेदन माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्