काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७८ अंकले बढेर २६००.७६ अंकले बढेर बन्द भएको हो ।
सोमबार ३ सय २५ कम्पनीको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६ सय ७८ रुपैयाँ बराबर संकलन भएको छ ।
सोमबार राधी जलविद्युत कम्पनीको सर्वाधिक कारोबा भएको छ । कम्पनीको ५२ करोड १८ लाख रुपैयाँ बढस् संकलन हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ सय २६ रुपैयाँ पुगेको छ ।
सोमबार १ सय २३ कम्पनीको सेयर मूल्य बढ्दा १ सय २४ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सोमबार जोशी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने गुँरास लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्