काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२२ अंकले घटेर २६००.५३ बिन्दुमा पुगेर बन्द भएको हो ।
मंगलबार ३ सय १६ कम्पनीको १ करोड ३८ लाख १८ हजार ५ सय ५९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार १ रुपैयाँ बराबर संकलन भएको छ ।
मंगलबार १ सय ७ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४२ कम्पनीको सेयर मूल्य घटेको छ ।
मंगलबार बुटवाल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २७ करोड ६५ लाख ९० हजार रुपैयाँ संकलन हुँदा प्रतिकित्ता सेयर मूल्य ८ सय ९ रुपैयाँ पुगेको छ ।
मंगलबार एक कम्पनीको सेयर मूल्य ८.०१ अंकले बढेको छ भने एक कम्पनीको सेयर मूल्य ५.१७ अंकले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्