Skip to content
Shikhar Insurance
National Life

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो, राष्ट्रिय सभाबाट बजेट पास नहुने

Hyundai
NCELL
NIMB

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ एमाले–कांग्रेस गठबन्धनमाथि तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् । उनले यो सरकार जनताको पक्षमा नभई बिचौलियाको लागि बनेको भन्दै समर्थन कायम राख्नु नै संविधान, संघीयता र जनतासँग गद्दारी हुने बताउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।

रफत सञ्चार क्लबमा आयोजित अन्तर संवाद कार्यक्रममा अध्यक्ष यादवले भने , यो सरकार जनमुखी होइन, केबल म्युजिकल चियरको खेल बनेको बताए। उनका अनुसार सरकार गठनको बेला गरिएका सुशासन, भ्रष्टाचार अन्त्य, आर्थिक सुधारजस्ता हरेक प्रतिबद्धता झूटो सावित भएको छ। ँसरकार सुधारको एजेन्डामा होइन, विनाशको स्क्रिप्ट अनुसार चलिरहेको छ। जनतालाई सपना बेचियो, धोका दिइयो,” यादवको प्रहार थियो। उनले भने, ‘अब हामीले समर्थन दिँदैमा यो सरकार सही बन्छ भन्ने आशा नगरौं, यो सरकार सरकार होइन, गठबन्धनको नाममा चलिरहेको गम्भीर विफलता हो।”

उनले वर्तमान सत्ता गठबन्धनले जनताको कुनै चासो नराखी केवल सत्तामा टिकिरहने खेल खेलिरहेको आरोप लगाए। सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममा लागेको उनले बताए। यादवले सरकारलाई जनताको होइन, बिचौलियाको सरकारको संज्ञा दिंदै भने, ‘सुशासन कुन चराको नाम हो भनेर थाहा छैन सरकारलाई। गरीब, श्रमिक, किसान सबै पन्छाइएका छन्। बजेट विचौलियामुखी बनेको छ।”

संविधान कार्यान्वयनतर्फ सरकार पूर्णरूपमा उदासीन रहेको टिप्पणी गर्दै उनले प्रदेश सरकारहरूलाई कर्मचारी नपठाउने, स्रोतसाधन नदिने, कानुन निर्माणमा ढिलाइ गर्ने, र अधिकार खुम्च्याउने काम संघीयताको मर्ममाथिको आक्रमण भएको बताए। यादवको भनाइमा संघीयता मास्नेतर्फ सरकार स्वयं लागि परेको छ र यसले संविधानमाथिको विश्वास गुमाएको छ। ँसंविधान पालना नगर्नेहरूले नै आज देश बिगारेका छन्”, उनले गम्भीर आरोप लगाए।

देशको आर्थिक अवस्था जर्जर बन्दै गएको र सरकार अझै पनि भ्रमको खेती गरिरहेको भन्दै अध्यक्ष्य यादवले अर्थतन्त्र अब आयातमुखी बनेको, उत्पादन सिथिल भएको, र कुल ऋण अढाई खर्ब नाघेको जानकारी दिए । उनले भने, ‘देशको आर्थिक जरा सडिसकेको छ, रेमिट्यान्सले चलेको प्रणाली अब दीर्घकालीन हैन। योजना, विकास, र श्रमलाई केन्द्रमा नराखी देश चल्दैन।”

यादवले राजनीतिक नेतृत्वको पुरानोपन, थकित अनुहार र सत्ता मोहबाट देश मुक्त हुनुपर्ने बेला आएको प्रस्ट पारे। ‘उस्तै अनुहारको म्युजिकल चेयरले देश थलिएर थला परेको छ। अब युवाले नेतृत्व लिनुपर्छ। बहसको समय आएको छ, कुन बाटो जाने रु को देश चलाउने रु ”, उनले प्रश्न गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्