Skip to content
Shikhar Insurance
National Life

गभर्नर पौडेलको बैंकर र व्यवसायीलाई बम्पर उपहार, बैंकको नाफा बढ्ने, उद्योगीलाई ठूलो राहत

Hyundai
NCELL
NIMB

काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले बैंकर र व्यवसायीलाई सहयोग पुग्नेगरी चालु पुँजी कर्जा मार्गदर्शन १ वर्ष पछि सारेका छन् ।

सोमबार (असार ९ गते) सर्कुलर जारी गर्दै राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन १ साउन २०८३ बाट मात्रै लागू हुने व्यवस्था गरेको हो ।

पुरानो व्यवस्था अनुसार १ साउन २०८२ बाट यो मार्गदर्शन लागू गर्ने व्यवस्था थियो । पुर्व गर्भनर महाप्रसाद अधिकारीले यो मार्गदर्शन गत वर्ष नै लागू गर्न खोज्दा व्यावसायीहरुले विरोध गरेका थिए ।

यो व्यवस्था परिमार्जन भएसँगै बैंकर तथा व्यवसायीहरुले काम गर्नका लागि थप १ वर्ष समय प्राप्त भएको छ । यसले बैंकहरुको नाफामा सुधार ल्याउनेछ ।

यसैगरी लाइरेक्ट ल्याण्डिङ (प्रत्यक्ष कर्जा) सिमामा पनि समय थप गरेको छ । राष्ट्र बैंकले बैंकहरुले कृषि क्षेत्रमा १५ प्रतिशत, साना उद्योगमा १२ प्रतिशत र हाइड्रोपावर क्षेत्रमा ८ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने अनिवार्य व्यवस्था तोकेको छ । यी सबैको सिमा १ वर्षको लागि थप गरेको छ ।

मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकले एक कदम अघि बढेर बैंकर तथा उद्योगीलाई सुविधा दिएको हो ।

यस्तो राष्ट्र बैैकको सर्कुलर

 

GBIME

प्रतिक्रिया दिनुहोस्