काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूलय आज प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । अघिल्लो दिन प्रतिोला १ लाख ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार १ सय ६० रुपैयाँमा बजारमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्