काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्यले नयाँ रेर्कड कायम गरेको छ । बुधबार छापावला सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।
बुधबार छापावाला सुनको मस्लय प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा बजारमा कारोबार भएको छ । अघिल्लो दिन छापावला सुनको मस्ल्य प्रतितोला १ लाख १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४७ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्