Skip to content
Shikhar Insurance
National Life

सिभिल बैंकको एटीएमबाट कार्ड बिनै पैसा झिक्न मिल्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट पैसा झिक्न मिल्ने प्रविधि ल्याएको छ । जसको उपभोग गर्न सिभिल बैंकका ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ एप्लिकेशन ‘सिभिल स्मार्ट’ प्रयोग गरेर सिभिल बैंकको कुनै पनि एटीएम मार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सकिनेछ ।

यस सेवाको प्रयोग गर्न ग्राहकहरुले सिभिल बैंकको मोवाईल बैकिङ्ग एप्लिकेशन ‘सिभिल स्मार्ट’मा भएको ‘कार्डलेस क्याश’ अपशनमा गई आफुले इच्छाएको रकम प्रविष्ट गरी सम्पूर्ण विवरणहरु दुरुष्ट गरी आफ्नो मोवाईल बैंकि एप्लिकेशनको पिनकोड हाल्नुपर्ने हुन्छ । त्यसपछि एकपल्ट मात्र प्रयोग गर्न मात्र मिल्ने ओटीपी पासकोड प्राप्त हुनेछ । यस पासकोडको सहित अन्य विवरणहरु प्रविष्ट गरे पश्चात एटीएमबाट पूर्व निर्धारित निश्चित रकम झिक्न सकिनेछ । ग्राहकहरुले यस सुविधाको उपयोग एटियम कार्ड हराएको अवस्थामा वा अरु कसैलाई रकम भुक्तानी गर्नुपरेको अवस्थामा समेत गर्न सक्नेछन् ।

यो सेवाले धेरैलाई उत्साहित गर्न सक्नेछ किनभने यस सेवाको प्रयोग गरी अब ग्राहकहरुले एटीएम कार्ड बोक्नैपर्ने, एटीएम कार्ड हराउने डर आदी झन्झटहरुबाट मुक्त हुन पाउनेछन् र एटीएम कार्ड हराउँदा÷बिर्सिँदा वा कसैलाई नगदै भुक्तानी दिनुपर्ने लगायतका अवस्था तथा समस्याहरुको समाधान ‘सिभिल बैंक कार्डलेस क्याश’ले दिने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

करीव साढे पाँच लाख ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटीएमबाट सेवा प्रदान गरिरहेको बैंकले करीव ७८ अर्ब भन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्