Skip to content
Shikhar Insurance
National Life

वृद्ध भत्ता यसपाली पनि बढाउँछौंः प्रधानमन्त्री ओली

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री ओलीले वृद्ध भत्ता बढाउने दोहोर्याएका छन् । ‘विभिन्न सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ३० लाख ६० हजारभन्दा बढी रहेको बताउँदै उनले भने–‘महिनाको १०० बाट शुरु भएको सामाजिक सुरक्षा भत्ता आज दिनको १०० मा पुगेको छ, आउँदो बजेटमा अझै वृद्धि गरिनेछ ।’, ओलीले भने ।

योगदानमा आधारित सामाजिक सुरक्षा २०७५ मङ्सिर ११ गतेबाटै शुरु गरेकोसमेत उनले बताए । सरकारले २०७७ सालमा जनतामा आशा जगाउने गरी काम गरेको बताउँदै भने–“जनताको आशा जगाउने काम हामीले गरेका छौँ, भविष्यमा आशा र विश्वास जनाउने काम लगातार गर्दै जाने छौँ ।”

प्रधानमन्त्री ओलीले प्रतिदिन साढे पाँच किलोमिटर बाटो बनेको, एक दिनमा कम्तीमा १२ वटाका दरले आवासहरू तयार भएको दावी समेत गरे । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्