Skip to content
Shikhar Insurance
National Life

राज्यविरुद्धको कसूरमा नेकपा नेतृ झाँक्री पक्राउ

Hyundai
NCELL
NIMB

नेकपा माधव-प्रचण्ड  समुहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो ।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । महाशाखाले राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी जारिगरि पक्राउ गरेको हो ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहका अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।

झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा माधव-प्रचण्ड समूहका धेरै कार्यकर्ता भेला भएका थिए ।पक्राउ पर्नुअघि उनले सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएको बताएकी थिइन् ।नेतृ झाँक्रीले ओलीबाट भएकाे संसद विघठनलाइ असंबैधानिक भन्दै निरन्तर विरोधगर्दै आएकि थिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्