Skip to content
Shikhar Insurance
National Life

ब्रोकर लाइसेन्सः ‘वाणिज्य बैंकले सक्ने हामीले नसक्ने ?’ भन्दै विकास बैंकले गुहारे धितोपत्र बोर्ड

Hyundai
NCELL
NIMB

काठमाडौं । विकास बैंकहरुले पनि सहायक कम्पनी खोलेर धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) को काम गर्ने चाहना देखाएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले विकास बैंकहरुले पनि आफ्ना सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिन नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेका हुन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ’ भन्ने व्यवस्थाप्रति उनीहरूको आपत्ती छ । सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिइ नेपाल धितोपत्र वोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुंदामा ‘प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

विकास बैंकहरुले आफ्ना सहायक कम्पनीहरु मार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिनका लागि नेपाल बोर्डलाई पत्र लेखेका हुन् । विकास बैंकहरुले कम्पनी ऐन २०६३ अनुसार स्थापना भइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त लिइ बैंकिङ् सेवा प्रदान गर्दछन् । राष्ट्रिय स्तरका विकास बैंकहरुको औसत चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ नाघिसकेको जनाएको छ ।

त्यस्तैगरी विकास बैंकहरुले १ हजार बढी शाखाबाट करिब ४१ लाख खातावालालाई बैंकिङ सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् । त्यसैगरी, २०७८ असार मसान्त सम्ममा ४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्