Skip to content
Shikhar Insurance
National Life

नाडाले भन्योः मौद्रिक नीतिले अटोमोबाइल मात्रै होइन, पुरै अर्थतन्त्रलाई राहत दियो

Hyundai
NCELL
NIMB

काठमाडौं । नाडा अटोमोबाइल एसोसियसनले मौद्रिक नीतिबाट अटोमोबाइल क्षेत्र मात्रै नभएर सिंगो अर्थतन्त्रले राहतको महशुस गरेको बताएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिबारे धारणा राख्दै नाडाले ‘यस मोद्रीक नीतिको समग्र रुपमा मूल्याङ्कन गर्दा देशको आर्थिकक्षेत्रमा सकारात्मक प्रभाव पार्ने स्पष्ट रुपमा देखिएको छ ।’ भनेको हो ।

विद्युतिय सवारी साधन खरिदको लागि कायम गरिएको कर्जा धितो अनुपातको विद्यमान सीमा यथावत कायम राख्दै यस्ता सवारी साधनको लागि आवश्यक चार्जिङ्क स्टेशन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनरकर्जा उपलब्ध हुने व्यवस्थाले अटोमोवाइल व्यवसायीहरुलाई केही राहत पुग्ने देखिएको नाडाको निष्कर्ष छ ।

कोभिड १९ महामारीबाट अति प्रभाववितक्षेत्र मध्ये सार्वजनिक यातायात व्यवसायका ऋणीले २०७८ पुससम्म भुक्तान गर्नु पर्ने साँवा तथा व्याज दायित्वको समयावधि एक बर्षसम्म थप गरी कम्तिमा चार किस्तामा भुक्तानी गर्न सक्ने व्यवस्था गर्ने उल्लेख भएको, अति प्रभावित सार्वजनिक यातायात संचालन÷मर्मत सम्भारको लागि बैंक तथा वित्तीय संस्थाले प्रति सवारी साधन २ लाखसम्म थप कर्जा प्रदान गर्न सक्ने व्यवस्थाले पनि व्यवसायीलाई राहत मिलेको नाडाको ठहर छ ।

ऋणी स्वयं रोजगार हुने उद्धेश्यले सवारी साधन खरिद गर्न प्रवाह हुने २५ लाखसम्मको कर्जालाई विपन्न बर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्थाले पनि सकारात्मक सन्देश दिएको नाडाले बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्