Skip to content
Shikhar Insurance
National Life

तीनै चेम्बर सङ्घको साझा आग्रह, अक्सिजन सिलिन्डर उत्पादक प्लान्टमा उपलब्ध गराउनु

Hyundai
NCELL
NIMB

काठमाडौं । निजी क्षेत्रका तीन प्रमुख संस्थाले कोभिड–१९ को उपचारमा महत्वपूर्ण मानिएको अक्सिजन सिलिन्डर यथाशीघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षत्रयले आज संयुक्त रूपमा विज्ञप्ति प्रकाशित गरी मुलुक कहिल्लै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासँगै सामाजिक एवं आर्थिक समस्यासँग जुधिरहेको तथ्यलाई स्मरण गराएका छन् ।

उनीहरुले कोभिड–१९ को दोस्रो लहरसँगै सङ्क्रमित र यसबाट मृत्यु हुनेको सङ्ख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बनेको, अस्पताल भरिदै गएका छन भने विशेषगरि सँक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको उल्लेख गरेका छन् । ग्यास उत्पादक कम्पनीलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि अपील गर्दै उनिहरुले यस परिस्थितिमा आम उपभोक्तालाई पनि आफ्नो जस्तै अरुको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढि सिलिन्डिर सञ्चित नगरी दिन हुन आग्रह गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्