Skip to content
Shikhar Insurance
National Life

चार सय अक्सिजन सिलिण्डर लिएर आईपुग्यो नेपाल बायुसेवा निगमको जहाज

Hyundai
NCELL
NIMB

काठमाडौं । चिन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको चार सय थान सिलिण्डर बोकेर नेपाल बायुसेवा निगमको जहाज काठमाडौं ल्याण्ड गरेको छ । हिजो राति ११:३० बजे बेईजिङ उडेको जहाज आज सिलिण्डर बोकेर आईपुगेको हो । चिन सरकारले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर दिने भनेको थियो ।

‘हिजो राती ११ः३० बजे नेपाल वायुसेवा निगमको वाईड बडी ए३३० विमान चीनको राजधानी बेइजिङ गएर२०००० थान मध्ये हाल तयार भएका४०० थान अक्सिजन सिलिन्डर, १६० अक्सिजन कन्सर्नट्रेटर, १० थान भेन्टीलेटर गरि करिब ३० टन सामान लिएर भर्खरै काठमाडौं अवतरण गरेको छ । ४ जना पाईलट सहित चालक दलका १४ जना सदस्यहरू, उडानमा संलग्न ग्राउण्ड स्टाफहरू, बेइजिङ स्थित नेपाली दूतावासका कर्मचारीहरू, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सबै सबैमा धेरै धेरै धन्यवाद।’, निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलले भने ।

जहाजको क्षमता ६ सय थान सिलिण्डर ल्याउने भएपछि चीनमा पर्याप्त मात्रामा सिलिण्डर उपलब्ध नहुँदा चार सय थान मात्रै ल्याईएको हो । नियमित उडान तालिका अनुसार २:३५ बजे जहाज नेपाल ल्याण्ड हुनुपर्ने थियो । तर मौसमको खराबीका कारण केहि समय ढिलो गरि जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्