Skip to content
Shikhar Insurance
National Life

कृषि विकास बैंकको साधारण सभा फागुन ३० गते, के-के छन् एजेण्डा ?

Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले १७ औं वर्षिक साधारण सभा बोलाएको छ। कम्पनीले फागुन ३० गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।

बैंकले सेयरधनीलाई गत आवको मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणमा  छलफल हुनेछ ।

इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । सभामा बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव छ ।

सभामा बैंकले प्रबन्धपत्र तथा नियमावलीमा प्रचलित कानून बमोजिम संशोधन गर्नु पर्ने भएमा वा नियमनकारी निकायबाट संशोधन गर्न निर्देशन
भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन तथा संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।

साधारण सभा प्रयोजनको लागि बैंकले फागुन १७ गते शनिबारदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । साथै,फागुन १६ गते शुक्रबार परेकाले फागुन १५ गतेसम्म कायम सेयरधनीले सभामा सभामा भाग लिन पाउँनेछन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्