Skip to content
Shikhar Insurance
National Life

अम्बिका पौडेलले औंल्याए पुँजी बजारका लागि ५ सुखद संकेत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा पुँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले पुँजी बजारमा थप बहार आउने बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले आगामी समय पुँजी बजारका लागि थप सुखद हुने बताएका हुन् ।

सेयर बजारका लागि ५ सुखद संकेत औंल्याउँदै उनले वित्तीय स्थिति र वार्षिक रुपमा प्रदान गर्ने प्रतिफल अनि वर्तमानको मुल्यका आधारमा कम्पनी छनौट गर्न आम लगानीकर्तालाई आह्वान पनि गरेका छन् ।

पौडेलका अनुसार सुचिकृत कम्पनीको तेस्रो त्रैमासिक रिपोर्ट उत्साहजनक आउनु पुँजी बजारको लागि सुखद संकेत हो । बचत तथा मुद्दति खातामा प्रदान गरिने घट्दो ब्याजदर, बैंक तथा वित्तीय संस्थाहरुको प्रत्येक महिना प्रकाशित घट्दो आधारदर, अन्य क्षेत्रमा फेरी लगानी संकुचन हुनु, आयातमा फेरी संकुचन आउन सुरु गर्नुका माझ वित्तीय विवरणले उज्जवल भविष्य संकेत गर्ने दाबी पौडेलको छ ।
“सुचिकृत कम्पनीको तेस्रो त्रैमासिक रिपोर्ट उत्साहजनक आउनु पुँजी बजारको लागि सुखद संकेत हो,” उनले भनेका छन्, “वित्तीय स्थिति र वार्षिक रुपमा प्रदान गर्ने प्रतिफल अनि वर्तमानको मुल्यका आधारमा कम्पनी छनौट गरौं, पुँजीगत लाभको हिस्सा अझै धेरै बाँकी देखिन्छ।”

GBIME

प्रतिक्रिया दिनुहोस्