Skip to content
Shikhar Insurance
National Life

‘अध्यादेश ल्याएर पद जोगाउने होइन, जनताको जीवन जोगाउनुस्’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले अध्यादेश नभएर कोरोनासँग लड्ने उपायबारे सोच्नुपर्ने बताएका छन् । अध्यादेशमार्फत् आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न खोज्नु गैरजिम्मेवारीपन भएको बताउादै उनले मुलुकमा उत्पन्न विषम परिस्थितमा सरकार जनताप्रतिको दायित्वबाट पन्छिन नमिल्ने नेपालले बताएका हुन् ।

“कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो,” उनले भनेका छन्, “मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।” उनले गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्